नियम ४२
प्रारम्भिक सुनुवाईको अवस्थामा मुद्दा किनारा हुन सक्ने
न्यायाधिकरणमा पहिलो
पटक पेश भएको मुद्दाको अभियोग दावी प्रमाण हुनेसम्मको आधार र प्रमाण प्रस्तुत
हुन आएको नदेखिएमा वा हदम्याद, हकदैया वा अधिकारक्षेत्रविहीन देखिएमा वा
प्रतिवादी सावित भई थप प्रमाण बुझी रहनु पर्ने नदेखिएमा सोही पेशी कै दिन
त्यस्तो मुद्दा किनारा गर्न सकिनेछ ।